adv
Advertise Expired !

युवती माथि एसिड प्रहार गरेको आशंकामा दुई जना पक्राउ

काठमाडौं, ९ साउन । काठमाडौंको सीतापाइलामा एक युवती माथि एसिड प्रहार गरेको आशंकामा प्रहरी दुई जनालाई  पक्राउ गरेको छ ।

सो घटना हुने वित्तिकै महानगरीय प्रहरी परिसर काठमाडौ र महानगरी अपराध अनुसन्धान महाशाखाको संयुक्त टोली परिचालन भएको सो क्रममा दुई अभियुक्तलाई डल्लुबाट पक्राउ गरिएको महानगरी प्रहरी परीसरका प्रमुख श्यामलाल ज्ञावलीले बताए ।

पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमै बस्ने मुन्न मोहमद रहेको खुलेको छ । निज युवती पसलबाट दही किनेर फर्कदै गर्दा मोटरसाइकलमा आएका युवकले मोटरसाकलमा घर पु¥याइ दिन्छुु भनेको र उनले नजिकै हो पर्दैन भने पछि केही पर पुगेर फेरि फर्किएर आएर एसिड प्रहार गरेको पाइएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए ।

घटना हेर्दा केटाले एकतर्फी रुपमा मन पराएको जस्तो देखिएको र केटीसँग पनि फोनमा सम्पर्क हुने गरको देखिएको छ ।
गए राती घटना भए लगतै प्रहरीका विभिन्न तहबाट दुईसय जना जति प्रहरी परिचालन भएको र सीसी क्यामेरामा कैद भएको दृष्यहरुका आधारमा पनि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ, ।

साँझको समयमा दही किन्न निस्किएकी ओखलढुंगाकी उनलाई एसिड प्रहार भएको हो। उनी आफन्तसँग बस्दै आएकी थिइन्।

पवित्रा राजधानीको हायात होटलमा अकाउन्ट सेक्सनमा काम गरिरहेको र लकडाउनपछि कोठामै बसिरहेको जनाइएको छ।

एसिडले युवतीको अनुहार र हातमा जलन भएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु