adv

कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन विद्यालयबाटै हुने

काठमाडौं,९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा मूल्यांकन कार्यविधि स्वीकृत गरेको छ।

कार्यविधिले कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको जिम्मेवारी आधिकारिक रुपमा विद्यार्थी अध्ययनरत विद्यालयलाई नै दिएको छ।

कार्यविधिले परीक्षा सञ्चालन गरेर नतिजा प्रकाशन तथा नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्दा अपनाउनुपर्ने प्रक्रियाबारे समेत व्याख्या गरेको छ।

कार्यविधिको परिच्छेद ३ले विद्यार्थीको मूल्यांकन सम्बन्धि व्यवस्था गरेको छ। जस अनुसार कक्षा ११ मा ७० प्रतिशत हाजिर भएका विद्यार्थीलाई मात्रै अन्तिम परीक्षामा सहभागी गराउनुपर्ने छ।

सम्बन्धित विद्यालयले कक्षा ११ को अन्तिम परीक्षा सञ्चालन गर्ने मिति र तालिका परीक्षा बोर्डको सम्बन्धित कार्यालयलाई जानकारी गराउनुपर्नेछ।

परीक्षा सञ्चालन र मूल्यांकनका क्रममा प्रयोग भएका प्रश्नपत्र र उत्तरपुस्तिका बोर्डले तोकेको पाठ्यक्रमको ढाँचा अनुसार हुनुपर्नेछ। यी सामग्री बोर्डले मागेको अवस्थामा सम्बन्धित विद्यालयले उपलब्ध गराउनुपर्नेछ।

 कक्षा १२ को परीक्षामा सहभागी हुन विद्यार्थीले हरेक विषयको सैद्धान्तिक तर्फ डी प्लस र प्रयोगात्मक तर्फ सी ग्रेड ल्याउनुपर्नेछ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु