adv

मोरङको गोठगाउँबाट झापाका १ र इलामका ५ सहित १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भए

विराटनगर ,९ साउन।  शुक्रबार बिहानै पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आईसोलेशन अस्पताल गोठगाउँबाट १२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

उनीहरुको पछिल्लो दोस्रो स्वाब परीक्षण नेगेटिभ देखिएपछि चिकित्सकको सिफारिस अनुसार डिस्चार्ज गरिएको पूर्वाञ्चल मेडिकल कलेजका डिन डा.शैलेशमणी पोखरेलले जानकारी दिए ।

डिस्चार्ज हुनेहरु १९ देखि ४० वर्ष उमेर समुहका रहेका छन् ।  यसरि डिस्चार्ज भई घर फर्कनेहरुमा झापा कनकाई नगरपालिकाका १ जना, इलामको इलाम नगरपालिका ४ जना र जिल्ला समन्वय समिति इलामको क्वारेन्टीनमा खटिएका नेपाली सेना १ समेत गरि ५ जना छन् । यसैगरी उदयपुरको बेलका नगरपालिकाका ३ जना, सुनसरएको भोक्राहा १, रामधुनी १ र इटहरी १ जना रहेको पीयू कोभिड–१९ आईसोलेशन अस्पताल व्यवस्थापनले जानकारी दिइएको छ ।

उक्त कोभिड–१९ उपचार केन्द्रमा हालसम्म भर्ना भएका ३४८ जनामध्ये शुक्रबार समेत गर्दा २८२ जना नागरिकले कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

योसंगै प्रदेश १ मा डिस्चार्ज हुने को संख्या ७३४ जना पुगेका छन् भने संक्रमितको संख्या ८४८ जना रहेको छ  ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु