adv

केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउ–बाबुराम भट्टराई


काठमाडाै । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक गम्भिर संकट तर्फ जादै गरेको बताएका छन् । उनले देशलाई लाकेतान्त्रिक ढंगले संकटमोचन गर्न केहि सुझाव समेत दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा मार्फत ट्वीट गर्दै जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेको भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । साथै उनले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न पनि भनेका छन् ।

सर्वोच्च अदालतले जेल सजायँ कटौती गरिदिएपछि पूर्वडीआईजी रञ्जन कोइराला रिहा भएको भोलिपल्टै डा. भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् । डा. भट्टराईले बुँदागत रुपमा ट्वीटरमार्फत् आफ्ना धारणाहरु सार्वजनिक गरेका छन् ।

लोकतान्त्रिक ढंगले संकटमोचन गर्ने उपाय’ भन्दै डा. भट्टराईले संसद अधिवेशन बोलाउन, केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्न र अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन प्रस्ताव गरेका छन् ।

साथै उनले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जान पनि प्रस्ताव गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु