adv

सुनको मूल्यले राख्यो हालसम्मकै उच्च रेकर्ड,तोलाको ९६ हजार नजिक

काठमाण्डौ,९ साउन । नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड राखेको छ । आज शुक्रबार एकैदिन तोलामा १३ सय रुपैयाँ बढेर ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो अहिलेसम्मकै महँगो हो । गएको बुधबारदेखि सुनको भाउले नयाँ रेकर्ड राख्दै आएको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर आज तोलाको १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदी अस्ति तोलामा ९५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदी हिजो तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु