मेचीनगर, ९ साउन । झापाको पुर्वी नाका कांकरभिट्टा सिमा सुरक्षामा खटिएका १८ जना शसस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।
नाकामा खटिएका १७ जना पुरुष र एक जना महिला सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंले बताए।
साउन ७ गते ४८ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरि बिराटनगर स्थीत प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा १८ जनामा कोरोना पुष्टी भएको मेचीनगर समाजिक बिकास समितिका संयोजक नविन बरालले बताए ।
यस अघि पनि सशस्त्र प्रहरी काँकरभिट्टाका दुई जना जवान संक्रमित भएका थिए ।
योसंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । जसमध्ये ४६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन ।
मेचीनगरमा एकै दिन सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टी भएको यो नै ठुलो संख्या हो ।