झापा,९ साउन । झापामा आज शुक्रबार एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु सशस्त्र प्रहरी सीमा सुरक्षा बल काँकरभिट्टाका एक महिलासहित १८ जना ,त्यसैगरि झापाका बाह्रदशी गाउँपालिकाका ३ जना पुरुष, झापा गाउँपालिकाका पनि ३ जना पुरुष र विर्तामोड नगरपालिकाका एकजना पुरुषमा सङ्क्रमण पुष्टि स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिए।
झापा गाउपलिकाका संक्रमितहरु साउदी अरब,भारत र दुबईबाट फर्केका हुन् बाह्रदशी र बिर्तामोडका संक्रमित भारत बाट फर्किएका हुन् ।
यो संगै झापामा कोरोना संक्रमितको संख्या ३४५ पुगेको छ । २९८ उपचारपछि घर फर्किएका छन् ।