adv

‘मुक्कुमलुङ’ को लागि लड्ने धराने युवाको उद्घोष (बिज्ञप्तिसहित )

झापा । ताप्लेजुङस्थित याक्थुङ मुन्धुममा वर्णित पवित्र धार्मिकस्थल मुक्कुमलुङको रक्षाको लागि लड्न तयार रहेको धरानका याक्थुङ लिम्बू नागरिक युवा विद्यार्थीले उद्घोष गरेका छन् । उनीहरुले एक प्रेस विज्ञप्ति जारी गर्दै मुक्कुमलुङको नाम पाथिभरा राखेर याक्थुङ मुन्धुम विपरित राज्यले गरेको षड्यन्त्र आफूहरुलाई मान्य नभएको जिकिर गरेका छन् ।

मौलिक नाम मुक्कुमलुङ नै कायम गराउनुपर्ने माग उठ्न थालेपछि धराने युवाले पनि ताप्लेजुङमा जारी आन्दोलनलाई बिज्ञप्तिमार्फत समर्थन गरेका हुन् । हाल मुक्कुमलुङमा ऐतिहासिक मुक्कुमलुङको नामकरण र सरोकारवालाहरुको बिना अनुमति मुक्कुमलुङ नेकपा निकट ब्यापारिक समूह यति होण्डिङ कम्पनीलाई जिम्मा दिएको विरोधमा त्यहाँका स्थानीयले आन्दोलन गरिरहेका छन् ।

स्थानीयस्तरमा चलिरहेको आन्दोलनलाई धरानबाट ऐक्यबद्धता जनाइएको महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सभापति सागर सरगम चेम्जोङले बताए । उनले भने -‘आवश्यक परेको खण्डमा नैतिक आर्थिक, भौतिक लगायत सबै किसिमको सहयोग गर्न तयार छौं ।’

केही दिन यता स्थानीय लिम्बू सयङहरुको संघर्ष समित र सुरक्षाकर्मीबीच मुक्कुमलुङमा घम्साघम्सी हुँदै आएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु