adv
Advertise Expired !

रोट्रयाक क्लब बिर्तामोड र खेलकुद पत्रकार मन्च झापाबीच मैत्रीपुर्ण फुटसल खेल सम्पन्न

झापा,९ साउन । रोट्रयाक क्लब अफ बिर्तामोडबीच मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ ।

शुक्रबार रोट्रयाक क्लब अफ बिर्तामोडको आयोजनामा बिर्तामोडको एब्सुलेट फुटसल ग्राउण्डमा रोट्रयाक क्लब अफ बिर्तामोड र नेपाल खेलकुद पत्रकार मन्च झापा बीच मैत्रीपुर्ण फुटसल खेल भएको हो  ।

उक्त खेलमा आयोजक क्लब ८-५ अन्तरले बिजयी भएको क्लबका सचिब बाप्पा शाहले बताए ।

मैत्रीपुर्ण खेलले दुई सस्थाको सम्बन्ध अझ प्रगाढ हुने कुरामा बिस्वस्थ रहेको नेपाल खेलकुद पत्रकार मन्चका अध्यक्ष हिमाल खरेलले बताए ।

सामाजिक सेवाका साथै स्वास्थ्यका लागि पनि खेलकुद आवस्यक रहेको र खेलकुद पत्रकार मन्चसंगको यो खेलले दुइ संस्थालाई अझ नजिक बनाउने र आगामी दिनमा पनि निरन्तरता दिने रोट्रयाक क्लब अफ बिर्तामोडका अध्यक्ष प्रभाश थापा मगरले बताए ।

आइपिपी राज मुखियाले स्वागत गरेको मैत्रीपुर्ण खेलको उद्घाटन कार्यक्रमको सचिब बाप्पा शाहले संचालन गरेका थिए।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु