झापा,१० साउन । झापाको मेचीनगरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मेचीनगर वडा नं १ कि १८ बर्षीय महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिए ।
आफ्नो श्रीमानसंगै एउटी कोठामा रहेका उनको श्रीमान्को भने रिपोर्ट नेगेटिभ आएको छ ।
उनीहरु भारतबाट आएर मेचीनगरको धुलावारीस्थित होटल रोयल निर्भानको क्वारेन्टिनमा बस्दै आएका थिए ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट प्राप्त पीसीआर परीक्षणको नतिजामा उनको कोरोना संक्रमण पुष्टि भएको चौलागाईंले बताए ।
उनलाई संक्रमण पुष्टि भएसंगै थप उपचारको लागि मोरङको गोठगाउँ स्थित आइसोलेशन कक्ष लगिएको छ ।
योसंगै मेचीनगरमा मात्र संक्रमितको संख्या ७० पुगेको छ । ४६ जना संक्रमण मुक्त भई घर फर्किएका छन् ।