झापा,१० साउन । नेपालमा शनिबार थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जम्मा सङ्क्रमितको संख्या १८ हजार ४८३ पुगेको बताए।
मन्त्रालयका अनुसार संक्रमितहरु झापा १,खोटाङ १,सप्तरी ११,पर्सा ८,रौतहट ४,सर्लाही १,चितवन १,बारा ३,मकवानपुर १,नवलपरास पूर्व ६,काठमाडौं २,ललितपुर १,अछाम १,गुल्मी ३,कपिलवस्तु ६,पाल्पा ४,बाँके २,बर्दिया २,दाङ ५,तनहुँ १,,अछाम २,कालीकोट ३,दैलेख ३,हुम्ला १,जाजरकोट ६,मुगु २,सुर्खेत २२,डढेलधुरा ८,डोटी २६ र बैतडी ३ जना रहेका छन् ।
नेपालमा बितेको २४ घण्टामा थप १ सय ६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार ५३ रहेको छ । नेपालमा ७०.७ प्रतिशत संक्रमित निको भएका छन् ।