adv

ताप्लेजुङका एक युवक बलात्कार आरोपमा पक्राउ

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका एक युवक बलात्कार आरोपमा पक्राउ परेका छन्।

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पाथीभरा याङवरक–३ का २० वर्षीय विमल कङ्लिवा लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो। उनले गत असार १३ राति करिब ८ बजे स्थानीय युवतीलाई बलात्कार गरेको आरोप छ।

पीडितले गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी मेहन्द्र श्रेष्ठले जानकारी दिए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु