adv
Advertise Expired !

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो

झापा,१० साउन । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार शनिबार थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएसंगै कुल मृतक संख्या ४५ पुगेको हो ।

मृत्यु हुनेमा बारा परवानीपुरकी १७ वर्षिय किशोरी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साउन ८ गते स्वाब संकलन गरिएको र ९ गते उनमा कोरोना पुष्टि भएको थियो।

उनको शुक्रबार गण्डक कोभिड अस्पताल (नारायणी अस्थायी कोरोना)मा उपचारका क्रममा मृत्यु भएको हो ।  किशोरीमा अक्सिजनको मात्रा कम हुनुका साथै पखाला लाग्ने, जिउ काप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको प्रवक्ता डा. गौतमले बताए ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु