adv

सुनील थापासहित ३१ जना नेताहरुले राप्रपाबाट दिए राजीनामा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री सुनील थापासहित पार्टी प्रवक्ता किरण गिरी, केन्द्रीय सदस्यहरु दिलीप राई, आशाराम चौधरी, चतुरमान विश्वकर्मासहित ३१ जनाले पार्टी परित्याग गरेका छन्। उनीहरु नेपाली कांग्रेसमा प्रवेश गर्ने बुझिएको छ।

पूर्वमहामन्त्री थापासहित ३१ जना नेताहरुले एकसाथ पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै अध्यक्षत्रयलाई शनिबार राजीनामापत्र बुझाएका हुन्।

राप्रपाको सिद्धान्त र दृष्टिकोण स्वार्थ र परिस्थिति अनुकूल परिवर्तन भइरहँदा विश्वास समाप्त भएको थापासहितका नेताहरुले उल्लेख गरेका छन्।

राजीनामा दिनेमा उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्यहरू थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, पदमबहादुर बस्नेत र केही केन्द्रीय सदस्यहरू छन्।

एकतापछिको सचिवालयको कार्य व्यवस्था समितिसहित विभिन्न निकायको गठनमा समावेशीतालाई बेवास्ता गरिएको तथा पार्टीको सबैभन्दा महत्वपूर्ण समितिमा महिला, मधेशी, थारु र दलितको प्रतिनिधित्व हुन नसकेको थापालगायतका नेताले बुझाएको राजीनामापत्रमा उल्लेख छ। देश संचारबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु