काठमाण्डौ ,११ साउन । विश्वभर कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ९९ लाख नाघेको छ । अहिलेसम्म १ करोड ६१ लाख ८९ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुँदा ९९ लाख ७ हजार २ सय ३२ जना उपचारपछि निको भएको वल्डोमिटरले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म ६ लाख ४७ हजार जनाको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै विश्वभर साढे ६ हजारभन्दा धेरैको ज्यान गएको छ भने झण्डै २ लाख ८९ हजार जना नयाँ बिरामी थपिएका छन् ।
गएको २४ घण्टामा अमेरिकामा मात्रै झण्डै साढे ७८ हजार नयाँ बिरामी थपिएका छन् भने एक हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै ब्राजिलमा ५८ हजारभन्दा धेरै बिरामी थपिदा एक हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।
यस्तै भारतमा साढे ४८ हजार बिरामी थपिएका छन्, ७ सय ६१ जनाको ज्यान गएको छ । भारतमा अहिलेसम्म सङ्क्रमितको संख्या १३ लाख ३७ हजार नाघेको छ भने ३१ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।