झापा,११ साउन । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक सुगम पोखरेललाई पितृशोक परेको छ ।
उनका ८० बर्षीय बुवा एकनाथ पोरखेलको शनिबार राति करिब सवा ९ बजे निधन भएको छ ।
मुटु रोगबाट पीडित उनको मोरङको मंगलबारेस्थित निवासमै निधन भएको हो । उनि मोरंग जिल्लाका एक असल व्यक्तित्वका रुपमा चिनिन्छन ।
एकनाथ पोख्रेलका अर्का छोरा सुलिन पोख्रेल नेपाली नाट्य क्षेत्रको सुप्रशिद्ध नाम हो। गुरुकुलको सस्थापक पोख्रेल अहिलेसम्म पनि सक्रिय छन्।
गायक प्रमोद खरेल लगायत विभिन्न कलाकार तथा शुभचिन्तकहरुले गायक पोखरेलको बुवाको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

बुवालाई सर्प्राइज दिने सपना अधुरो
यसैबीच,एउटा अन्तर्वार्ताको क्रममा सुगमले यो वर्षको बुवाको मुख हेर्ने दिनका लागि आफ्नै बुवाका लागि गीत बनाइरहेका बताएका थिए ।
नेपालमा माया, प्रेम र आमाका लागि धेरै गीत बनिसके पनि बुवामा समर्पित गीत नभएकाले सुगमले संसारभरीका बुवालाई समर्पित गरेर गीत लेख्दै गर्दा आफ्नै बुवालाई सम्झिएका थिए ।
“बुवाप्रतिको आदरले गर्दा पनि होला, सिधै गएर बोल्न सक्दिन थिएँ, ‘तर सँगै उहाँको माया धेरै पाएँ । यो गीत लेखेको कुरा पनि भनेको छैन । कुशेऔंसीमा उहाँलाई सर्प्राइज गिफ्ट हुनेछ’ सुगमले भनेका थिए । तर उनको यो सपना अधुरो नै रहयो ।
यो वर्ष भदौ ३ गते कुशे औंशी मनाइँदैछ ।

