adv

सुनको भाउले राख्यो नयाँ रेकर्ड,तोलाको ९६ हजार ३००

झापा,१ साउन । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको छ ।

शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन पाँच सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च मूल्य शुक्रबार थियो।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको छ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔंस १९ सय १ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु