adv

नेपालमा काेराेना संक्रमितकाे संख्या १८ हजार ६१३ पुग्यो,आइतबार थपिए १३० जना संक्रमित

काठमाडाैं,११ साउन । नेपालमा आइतबार थप १३० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै काेराेना संक्रमितकाे कुल संख्या १८ हजार ६ सय १३ पुगेकाे छ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित हुनेहरु दैलेख २५,काठमाडौं ८,झापा १,मोरङ ३,इलाम ८,सिरहा १,सुनसरी २,उदयपुर १,तेह्रथुम १,मोरङ २३,धनकुटा १,महोत्तरी २,पर्सा ४,दाङ १,नुवाकोट १,सोलुखुम्बु २,नवलपरासी पूर्व २,मकवानपुर १,रौतहट १,बारा १,कास्की ३,गोरखा २,रुपन्देही १,अर्घाखाँची १,बाँके २,बर्दिया ६,जुम्ला १,रोल्पा ३,सुर्खेत ३,अछाम १४,बाजुरा ३ र कञ्‍चपुर ३ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएकाे बताए।

यससँगै हालसम्म १३ हजार १ सय २८ जना कोरोना संक्रमित डिस्चार्ज भएकाे भएका छन् । अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४५ जनाको मृत्यु भएको छ ।

हालसम्म देशभर १७ हजार ९ सय ३ जना क्वारेन्टिनमा रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु