adv

झापाको मेचीनगरमा समुदाय स्तरबाट कोरोना परीक्षण शुरु,११७ जनाको स्वाब संकलन

मेचीनगर,११ साउन । पुर्बी नाका झापाको मेचीनगरमा खटिएका २० जना सशस्त्र प्रहरीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि मेचीनगर नगरपालिकाबाट समुदाय स्तरबाट सङ्क्रमण परीक्षण शुरु गरिएको छ।

मेचीनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सशिकला राईका अनुसार मेचीनगरका व्यवसायी, पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं चालक लगायत आम नागरिकहरुको स्वाब संकलन गरिएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य कार्यालय झापाको टोलीले काँकरभिट्टाको दुई अलग,अलग स्थानहरु वडा नं ६ स्थित मेची सामुदायिक भवन र काकरभिट्टा माविको होल्डिङ सेन्टरबाट ११७ जनाको स्वाब संकलन गरेको हो ।

नगरले समुदाय स्तरमा कोरोनाको संक्रमण बुझ्न पहिलो चरणमा सार्वजनिक रुपमा सक्रिय ब्यक्तिहरुको स्वाब संकलन गरिएको जनाएको छ । सोको नतिजा प्राप्त भएपश्चात नगरले आगामी रणनीति तय गर्ने मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले बताए  ।

मेचीनगरमा हाल सम्म कोरोना पुष्टि भएकाहरुको संख्या ७० रहँदा ४६ जना संक्रमण मुक्त भईसकेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु