adv
Advertise Expired !

‘एकका लागि एक’ अभियानलाई पीसीआर ल्याबका लागि अन्तरराष्ट्रिय झापाली समाजद्वारा २५ लाख प्रदान

झापा, १२ साउन । अन्तरराष्ट्रिय झापाली समाजले जनस्तरबाट स्थापित झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा कोभिड–१९ को पीसीआर परीक्षण प्रयोगशालाका लागि २५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

सोमबार बिर्तामोड स्थित अतिथि सदनमा आयोजित पीसीआर ल्याव स्थापनाका लागि सहयोग रकम हस्तान्तण कार्यक्रम मार्फत उक्त रकम अभियानलाई हस्तान्तरण गरिएको हो ।

झापामा दिन प्रतिदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जनस्तरबाट कोरोना परीक्षण प्रयोगशाला स्थापनाको पहल थालिएको थियो । जसका लागि ‘एकका लागि एक अभियान’ को अगुवाईमा सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा प्रयोगशाला स्थापना गरिएको छ ।

४२ वटा देशमा आफ्नोे शाखा रहेको समाजको  शाखाका पदाधिकारी तथा सदस्यहरुको सक्रियतामा पठाएको  उक्त २५ लाख रुपैयाँको चेक अन्तरराष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेलले आज बिर्तामोडमा आयोजित कार्यक्रमबीच अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेतलाई हस्तान्तरण गरे ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकारलाई सहयोग पुर्याउन नागरिकस्तरबाट कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरी सरकारलाई हस्तान्तरण गर्न लागिएको एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

त्यसैगरी कार्यक्रमका अध्यक्ष नविन पोखरेलले अभियानले अघिसारेको कार्यक्रम नागरिक र सरकारको लागि अत्यन्तै आवसेक रहेको छ ‘त्यसमा पनि नागरिकको स्वास्थ्य संग जोडिएको बिषय भन्दा अरु कुनै पनि काम ठुलो हुनसक्दैन’ यसकार्यक्रम प्रति साझेदार बन्न हामि उत्साहित बनेका हौं आगामी दिनमा पनि यस्तै समुदाय स्तरमा हुने हरेक सामाजिक कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाज सधै साथमा रहने बताएका छन ।

कदर पत्र प्रदान गर्दै अभियानका संयोजक गिरी, ग्रहण गर्दै समाजका उपाध्यक्ष पोखरेल, साथमा अभियानका सह–संयोजक बस्नेत ।

अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नविन पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरी, सहसंयोजक विनोद बस्नेत, नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष मोहनकाजी न्यौपाने, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, जिल्ला प्रहरी कार्यालयको तर्फवाट प्रतिनिधित्व गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालको आथित्यता रहेको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका कार्यालय सचिव मणिकुमार लिम्बुले स्वागत गरेका थिए । त्यसैगरी अतिथि मोहनकाजी न्यौपाने, अभियन्ता शिवकुमार कडेल, अभियानका सह–संयोजक बस्नतेले अभियानको बारेमा बोलेका थिए  । कार्यक्रमको संचालन अभियन्ता नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।

यसअघि झापामा सञ्चालित सहकारीहरुले समेत ल्याब स्थापनाका लागि २५ लाख रुपैयाँ अभियानलाई प्रदान गरेका थिए । अभियानबाट झण्डै रु डेढ करोड सङ्कलन गरेर कोटिहोममा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । स्थापना गरिएको ल्याब प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु