adv

नेपालमा सोमबार थप १३९ जना कोरोना संक्रमित थपिए भने ६२६ जना निको भए

झापा,१२ साउन।  नेपालमा सोमबार थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ३९ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या  १८ हजार ७५२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरु,सप्तरी २१,सिरहा १,धनुषा १०,महोत्तरी १०,पर्सा २०,काभ्रेपलाञ्चोक १,ललितपुर ३,काठमाडौँ ३,कास्की ३,बाँके १,रुपन्देही १,सुर्खेत १,दैलेख २८,सल्यान २ र बैतडी ४ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा ६२६ जना कोरोना संक्रमित कोराेनामुक्त भएको प्रवक्ता गाैतमले बताए । याेसँगै हालसम्म निकाे हुनेहरुकाे संख्या १३ हजार ७५४ जना पुगेकाे छ ।

नेपालमा अहिलेसम्म ३ लाख ४७ हजार २ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ। अब देशभर ५ हजार ४ सय ४० सक्रिय संक्रमित छन् ।

यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु