काठमाडौं,१२ साउन । बलिउड नायिका ऐश्वर्या राय र उनको छोरी आराध्या कोरोना संक्रमण मुक्त भएका छन् ।
उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको उनका पति अभिषेक बच्चनले आफ्नो ट्विटरमार्फत जानकारी दिएका छन्।
उनले लेखेका छन्, ‘तपाईलाई सतत् नमन्। धन्यवाद पनि। सधैं आभारी रहनेछु। ऐश्वर्या र आराध्याको टेस्ट नेगेटिभ आयो। उनीहरुलाई अस्पतालले डिस्चार्ज गरिदिएको छ। अब उनीहरु घरमै रहनेछन्। म र बुवा (अमिताभ) मेडिकल स्टाफकै निगरानीमा अस्पतालमै रहनेछौँ।’
ऐश्वर्या राय र उनको छोरी आराध्या नानावती हस्पिटलमा उपचाररत थिए ।
उनीहरुको रिपोर्ट १२ जुलाइमा पोजिटिभ आएको थियो। तर लक्षण नदेखाएपछि दुवैलाई होम क्वारेन्टिनमै राखिएको थियो। तर १७ जुलाइमा आमा र छोरी दुवैको स्वास्थ्य खराब हुँदै गएपछि नानावती अस्पतालमा भर्ना गरिएको थियो।