adv

बुद्धशान्तिको हडिया खोलाले बगाउँदा बालकको मृत्यु

झापा,१३ साउन । झापाको बुद्धशान्ति गाउँपालिमा हडिया खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।

बुद्धशान्ति गाउँपालिका ३ स्थित पिपलबोटेका महेश  राईको साढे ३ वर्षीय छोरा मौषम राईलाई खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रशासान कार्यालय झापाले जनाएको छ ।

उनी विहान १० वजे घर बाहिर खेल्ने क्रममा नजिकै रहेको हडिया खोलाले अचानक बगाएको अवस्थामा स्थानियले उद्धार गरी स्थानीय पोलिक्लिनिकमा लगेका थिए । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी राकेश थापाले बताए  ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु