बिर्तामोड, १३ साउन । तमु ह्युल छाेज धी गुरूङ रास्ट्रिय परिषद बिर्तामोड नगर ईकाइ समितिले क्यान्सर पीडित बालिकाका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । साेमबार नगर परिषद्ले एक कार्यक्रमका बीच छ महिना देखि उपचारार्थ क्यान्सर पीडित २ बर्षीय बालिका मिक्साङ गुरुङका लागि ८९,हजार ९९० रूपैया रकम सहयाेग हस्तान्तरण गरेको हो ।
उक्त सहयोग रकम तमु ह्युल छाेज धी गुरूङ रास्ट्रिय परिषद बिर्तामोड नगर ईकाइ समितिको पहलमा तमुस्यो आमा समुह लगायतले उपलब्ध गराएको अध्यक्ष सल बहादुर गुरूङले बताए । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा तमु ह्युल छाेज धी गुरूङ रास्ट्रिय परिषद १ न. प्रदेश उपाध्यक्ष आनन्द गुरुङ , बिर्तामोड नगरका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
ताप्लेजुङ फुङलिङ न.पा. वडा.न.५ का सन्तोष गुरुङ र सोनिया गुरुङकि २ बर्सिय छाेरी मिक्साङ गुरुङ लाई ब्रोन म्यारो भएका कारण हाल उनको काठमाडौंकाे बाल कान्ति अस्पताल महाराजगन्जमा उपचार भईरहेकाे छ ।
उनलाई छ महिना अघि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियाे । डाक्टरकाे सल्लाह अनुसार घाेपा क्याम्प अस्पताल ,हुँदै काठमाडौंकाे बाल कान्ति अस्पताल लगिएको बुबा सन्तोष बताउछन ।
बालिकाको उपचारमा डाक्टरले बोनम्यारो ट्रान्सप्लन्ट गर्ने पर्ने भएकोले उनको उपचारमा २५ देखि ३० लाख लाग्ने बताइएको छ। हाल १८ लाख सहयोग संकलन भइसकेको र बाँकी रकम अभावका कारण आर्थिक समस्या भएकाले सबैसँग सहयोगको अपिल गरिएको छ । त्यसका लागि दिलिप गुरुङको संयोजकत्वमा आर्थिक संकलन अभियान सुरू गरिएकाे छ ।
त्यसका लागि इच्च्छुक सहयोगी दाताहरुले पीडितलाई सहयोग गर्न ग्लोबल आइएमइ बैंकको खाता न. ०२५००००२, सिद्धाथ बैंकको खाता नं. ०३४१५०५४४७३ र ९८४२७४३६०६, ९८१५०७२०६१ मा सम्पर्क गर्न सकिनेछ ।