झापा, १३ साउन । झापामा मंगलवार थप ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितह हुनेहरू झापा गाँउपालिकाका २ जना र बिर्तामोड नगरपालिकाको एक जना पुरुष रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिएका दिएका छन् ।
उनीहरु केहिदिन अगाडि भारतबाट आएर स्थानिय क्वारेन्टिमा बसेको चम्लागाईले जानकारी दिए । उनीहरुलाई थप उपचारकोलागि बि.पी. कोइराला स्वस्थ्यविज्ञान प्रतिष्ठान धरान लगिएको चम्लागाईले बताए ।
हालसम्म झापामा संक्रमितको संख्या ३५१ पुगेको छ भनेनिको भएर घर फर्किनेको संख्या ३०४ रहेको छ ।