झापा,१३ साउन । नेपालमा मंगलबार कोरोनाका ३ सय ११ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमित हुनेको संख्या १९ हजार ६३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका ३, मोरङका १७, ओखलढुङ्गाका १, सप्तरीका १५, धनुषाका ८, महोत्तरीका ८, बाराका १, इलामका १ र पर्साका १४ जना ,भक्तपुरका १, कपिलवस्तुका ३४, काठमाडौँका ४८, नुवाकोटका १, सिन्धुपाल्चोकका ४, दाङका १, गोर्खाका १, ललितपुरका ४, रामेछापका १, धनुषाका १, सर्लाहीका १, कास्कीका २, लमजुङका २ र स्याङजाका १८ जना, बाराका ४, रौतहटका १, मकवानपुरका १, दाङका ५, बाँकेका ३, नवलपरासीका ७, रुपन्देहीका २, सुर्खेतका ३, दैलेखका १, बझाङका ३, डोटीका ५८, अछामका १६, दार्चुलाका १, कैलालीका १८ तथा कञ्चनपुरका १ जनामा काेराेना पुष्टि भएकाे छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १२१ जना काेराेना संक्रमित डिस्चार्ज भएका छन् । यो संगै नेपालमा हालसम्म १३ हजार ८ सय ७५ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा अहिलेसम्म ३ लाख ५२ हजार ३ सय ७ जनाको पिसिआर परीक्षण भएको छ।