काठमाण्डौ ,१४ साउन । विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ३८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यो हालसम्मकै उच्च संख्यामा संक्रमित थपिएको हो ।
यसअघि हिजो २ लाख १८ हजार र अस्ति २ लाख २४ हजार बिरामी थपिएकामा २४ घण्टामा २ लाख ३८ हजार नयाँ बिरामी थपिएका हुन् ।
योसँगै विश्वभर सङ्क्रमितको सङ्ख्या १ करोड ६८ लाख ७४ हजार नाघेको छ । जसमध्ये १ करोड ४ लाख ३३ हजार मानिस उपचारपछि निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २ लाखभन्दा धेरै निको भएका छन् ।