adv
Advertise Expired !

रियल मड्रिडका स्ट्राइकर मारियानोलाई कोरोना संक्रमण पुष्टि

काठमाडौ । स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्ट्राइकर मारियानोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार रियल मड्रिडले वक्तव्य जारी गरेर मारियानोमा संक्रमण भएको बताएको हो ।

२६ वर्षीय मारियानोको स्वास्थ्य राम्रो रहेको र घरमै आइसोलेशनमा रहेको रियल मड्रिडले जानकारी दिएको छ ।<
जुलाई २९ मा लेगानेससँग भएको ला लिगा अन्तर्गतको सिजनको अन्तिम खेलमा थप खेलाडीका रुपमा राखिएका थिए, तर अब उनले खेल्न पाएनन् ।

आउँदो अगस्ट ७ मा च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा रियल मड्रिडले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु