काठमाडौं, १४ साउन । नेपालमा बुधवार थप २१० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २१० जनामा सङ्क्रमित पुष्टि भएको हो।
यो संगै नेपालमा कोरोनाभाइरसबाट १९ हजार २७३ जना सङ्क्रमित भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु मोरङका ८, सुनसरीका १, सप्तरीका २, सर्लाहीका १, धनुषाका १२, महोत्तरीका १३, पर्साका ३४, भक्तपुरका १, धादिङका ७, कपिलवस्तुका २ जना, काठमाडौका १४, नवलपरासीका २, रौतहटका १,महोत्तरीका १, बागलुङका ७, स्यङजाका २६, म्याग्दीका २, तनहुँका १, सुर्खेतका १, बैतडीका २, डोटीका ५२, कैलालीका ८ तथा कञ्चनपुरका ८ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा हाल नेपालमा कोभिड –१९ का पाँच हजार ३६० जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।
कोरोना भाईरसको संक्रमण निको भएर थप १४६ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १४ हजार २१ पुगेको छ।