adv

झापामा मास्क नलगाई हिंड्ने व्यक्तिलाई १०० जरिवाना गर्ने

बिर्तामोड,१४ साउन  । झापामा मास्क नलगाउने व्यक्तिलाई जिल्ला प्रसाशन कार्यालय झापाले अब एक सय रुपैंया जरिवाना गर्ने भएको छ  ।

कोरोना भाइरस नियन्त्रण जिल्ला स्तरिय समितिको आज बसेको बैठकले झापामा मास्क नलगाइ हिड्ने जो कोही ब्यक्तिलाई प्रहरीले तत्कालै एक सय रुपैया जरिवाना गराउने निर्णय भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईद्रवारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जरिवाना लिने जिम्मा नेपाल प्रहरीलाई दिइएको र मास्क नलगाउनेबाट प्रहरीले अशुल गरेको जरिवानाको रसिद दिने र उक्त रकम सरकारी राजश्व खातामा जम्मा गर्ने निर्णय भएको राईले बताए  ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु