झापा ,१४ साउन । झापाको कनकाई नदिले बगाउंदा बुधबार शिवसताक्षीका एक जना युवा बेपत्ता भएका छन् ।
कनकाईको बाढीमा बगेर आएका दाउरा संकलन गर्ने क्रममा एक्कासी बाढीले बगाउँदा शिवसताक्षी वडा नं. ४ का २८ वर्षीय कमल मुखिया बेपत्ता भएका जिल्ला प्रशासन कार्यालय झापा सुचना अधिकृत राकेश थापाले जानकारी दिए ।
बुधबार दिउँसो करिब साढे ३ बजेतिर उनी दाउरा बटुल्दै गरेका उनले बताए। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।