adv

नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु,मृतक संख्या ५१ पुग्यो

वीरगञ्ज, १४ साउन । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ५१ पुगेको छ ।

मृत्यु हुनेहरु  वीरगञ्ज- ६ माईस्थान बस्ने ७० वर्षका एक बृद्ध र वीरगञ्ज- ७ का एक ६८ वर्षीय बृद्ध रहेका छन् ।

बुधबार साँझ उपचारकाे क्रममा मृत्यु भएका वीरगञ्जका एक वृद्धमा काेराेना भाइरसको संक्रमण पुष्टि भएकाे हो। वीरगञ्ज–६ माईस्थान टोल बस्ने ७० वर्षका वृद्धमा कोरोना पुष्टि भएको हो।

ती वृद्धको स्वाब संकलन गरी नारायणी अस्पतालमा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए।

एक हप्ताअघि झाडा पखाला लागेर बिरामी भएका ती वृद्धलाई उपचारको लागि वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएकोमा त्यसपछि वीरगञ्जका विभिन्न अस्पताल हुँदै नारायणी अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उनको स्वाबसमेत संकलन गरिएको थियो।

आईसियुमै राखेर उपचार गर्नुपर्ने अवस्था देखिएपछि उनलाई नारायणीबाट नेशनल मेडिकल कलेजमा भर्ना गरिएकोमा त्यहाँ उपचारको क्रममा उनको बुधबार बिहान साढे २ बजे मृत्यु भएको हो।

मृतकको स्वाब परीक्षणको रिपोर्ट बुधबार साँझ मात्रै आएको र उनमा कोरोना पोजेटिभ देखिएको नारायणी अस्पतालका मेसु उपाध्यायले बताए।

यस्तै बुधबार नै वीरगञ्जको कोभिड अस्पतालमा उपचाररत एक ६८ वर्षीय कोरोना संक्रमितको पनि मृत्यु भएको छ।

अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचार गराइरहेका वीरगञ्ज महानगरपालिका-७ निवासी ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए।

अस्पतालमा उपचार गराइरहेका ती संक्रमितको बुधबार बिहान पौनै ११ बजे मृत्यु भएको उपाध्यायले बताए। मुटुमा समेत समस्या रहेका ती संक्रमितको ६ दिनदेखि गण्डक अस्पतालको आइसोलेसन वार्डमा उपचार हुँदै आएको उनले बताए।

बुधबार एकैदिन वीरगञ्जमा कोरोनाबाट दुई जनाकाे मृत्यु भएकाे हाे।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु