झापा,१५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या १९ हजार ५ सय ४७ पुगेकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सुनसरीका २, झापाका ४, उदयपुरका २, सर्लाहीका ५, मोरङका २, धनुषाका १४, महोत्तरीका ४, बाराका १८, पर्साका ६६, नवलपरासीका १, भक्तपुरका २, काठमाडौँका ४१, ललितपुरका २, चितवनका १, दोलखाका १, गोर्खाका १, महोत्तरीका १, रौतहटका २, सप्तरीका २, नवलपरासीका ६, अर्घाखाँचीका १ र कपिलवस्तुका १ जनामा काेराेना पुष्टि भएकाे छ।
यस्तै प्युठानका ३, दाङका १, धादिङका ४, खोटाङका १, नुवाकोटका २, महोत्तरीका १, लमजुङका ३, कास्कीका ३,बागलुङका ६, तनहुँका ३, स्याङ्जाका १२, बाँकेका २०, बर्दियाका ८, दाङका २, कञ्चनपुरका २, रुपन्देहीका १, मुगुका १, सल्यानका ३, सुर्खेतका ९, दैलेखका १०, जाजरकोटका १, डढेल्धुराका २, दार्चुलाका १ र कैलालीका ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लाे २४ घण्टामा २ सय २७ जना डिस्चार्ज भएकाे बताए। यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या १४ हजार २ सय ४८ पुगेकाे छ।
मन्त्रालयका अनुसार बिहीबार ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएकाे छ। हाल देशभर १३ हजार २ सय १ जना क्वारेन्टिनमा रहेका छन् ।
बिहीबारसम्म देशभर ५ हजार २ सय २७ जना सक्रिय संक्रमित रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।