झापा, १५ साउन । झापामा सशस्त्र प्रहरी पाथीभरा गण लखनपुरका ३ जना जवानसहित ४ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज देखिएका चार मध्ये तीन जना सशस्त्र प्रहरी र एक जना दमक वडा नम्बर ५ की ४३ बर्षीय महिला हुन् । उनी भारतबाट फर्किएर होम क्वारेन्टिनमा बसेकी थिइन् ।
यो संगै झापामा कोरोना संक्रमितको कुल संख्या ३५५ पुगेको छ ।
संक्रमितलाई उपचारमा लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।
यस अघि सशस्त्र प्रहरी सीमा सुरक्षा बल काँकरभिट्टाका २० जवान संक्रमित भइसकेको छ ।