adv

महिला जनचेतना केन्द्रद्वारा पहिरोपीडित परिवारलाई राहत वितरण

झापा,१५ साउन । झापाकाे बुद्धशान्ति गाउँपालिकाका पहिराे विस्थापित एक परिवारलाई महिला जनचेतना केन्द्रले राहत वितरण गरेको छ ।
बुद्धशान्ति गाउँपालिका वार्ड न ७ मोदीडाँडा निवासी पहिरोपीडित तेजकुमार बराइलीलाई बिहिबार एक कार्यक्रमकाबीच नगद रु १० हजार राहत स्वरूप वितरण गरिएको हो ।
केन्द्रकी अध्यक्ष भुवन सुब्बा,कार्यकारी प्रमुख राधा प्रधान ,कार्यक्रम संयोजक मणिकुमार लिम्बु,कोषाध्यक्ष लक्ष्मी खनिया लगायत सदस्यहरुको टिमले उक्त रकम हस्तान्तरण गरेका थिए ।
                                            महिला जनचेतना केन्द्रका सदस्यहरु  र जनप्रतिनिधिहरु 
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वार्ड न ७ का वडाध्यक्ष मातृका पौडेल,बुद्धशान्ति गाउँपालिका वार्ड न ६,७,१ र २ का प्रसासन प्रमुख मदन कट्टेल,वडा नं १ का वडाध्यक्ष भिम कुमार नेवार ,वडा नं ६ का वडाध्यक्ष सम्भु प्रसाद पौडेल ,वडा नं २ का वडाध्यक्ष दिलिप कुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।
गत साउन ६ गते बराइलीको १५ वर्षीय भान्जा विवेक दर्नालको उक्त पहिरोमा परि मृत्यु हुनुका साथै घर पूर्ण रुपमा क्षति भएको छ।
झापाकाे मेचीनगरमा स्थापित महिला जनचेतना केन्द्रले महिला तथा बालबालिकाको क्षेत्रमा विभिन्न सचेतनाका कार्यक्रमहरुका साथै विभिन्न सामाजिक गतिविधिहरु गर्दै अाइरहेकाे छ ।
                                      पहिरोले पूर्ण रुपमा क्षति भएको बराइलीको घर 
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु