झापा ,१५ साउन । झापाको कनकाई नदिले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
संखुवासभा पोखरी घर भएका अर्जुनधारा नगरपालिका वडा नम्बर ४ बस्ने सुगम राईको बुधवार दिउँसो २ बजे खोलाले बगाएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राकेश थापाका अनुसार मृतक राई स्थानीय वडा नम्बर ४ मा दैनिक ज्यालामजदुरीका रुपमा काम गर्थे ।
स्थानीय दहिझोडा सामुदायिक बनमा श्रीमती र साथी सहित बाँसको तामा लिन गएका उनलाई डुबे खोलाले बगाएर ज्यान लिएको हो ।
खोलाको भुमरीमा उनि डुबेका थिए ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार घटना स्थलदेखी ३० मिटरको दुरीमा रुखको टोड्कामा अड्कीएको अवस्थामा उनको शव भेटिएको थियो ।
यता कनकाईको बाढीमा बुधबार कनकाई नदिमा बगेर आएका दाउरा संकलनका क्रममा बाढीले बगाई बेपत्ता भएका कनकाई नगरपालिका वडा नं ४ बस्ने २८ वर्षीय कमल मुखियालाई हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।