काठमाडाै । दक्षिण कोरियामा साइवर अपराध गरेकाे अभियाेगमा एक नेपाली युवक पक्राउ परेकाे छ । फरक फरक भिडियाेलाई सम्पादन गरी जाेडेर बनाएकाे पुष्टि भए पछि नेपाली युवक पक्राउ परेकाे हाे ।
केही दिन अगाडि एउटा अश्लिल भिडियो कोरियामा भाइरल भएको थियो । तीन फरक फरक दृश्य जोडेर एउटै बनाइएको उक्त भिडियोमा दुई युवतिहरु फोनमा बोलिरहेको संवाद सम्पादन गरेर राखिएको पुष्टि भएपछी उनलाइ यसान प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
एकाएक सामाजिक संजालमा आफुहरु बोलिरहेको अडियो अश्लिल दृश्यमा आएपछी चरित्रहत्या गर्न खोजिएको भन्दै पिडित युवतिले आफन्तको सहयोगमा प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन ।
फोनमा बोलिरहेकी युवती सँगै रहेका साथिहरुको बयानका क्रममा अडियो संवाद रेकर्ड गर्ने युवती र अश्लिल भिडियोमा उक्त आवाज सम्पादन गर्ने उनका साथिलाइ पक्राउ गरिएको हो ।
युवतिलाइ ११ लाख वन जरिवाना तिराएर छोडिएपनी युवकलाइ कानुन अनुसार कारवाही गरिने यसान प्रहरीले जनाएको छ ।
झापा घर भइ बिगत २ बर्ष देखि ह्वासङ क्षेत्रमा कार्यरत युवक अहिले प्रहरी हिरासतमा छन । काेरियापाटीबाट