adv
adv

अब मास्क नलगाई हिंड्नेलाई एक महिनासम्म कैद

विराटनगर ,१६ साउन ।मोरङमा मास्क नलगाइकन हिँड्ने र सेनीटाइजरको प्रयोग नगर्नेलाई एक महिनासम्म कैद सजाय गरिने भएको छ ।

जिल्ला कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क र सेनीटाइजरको आवश्यकता एवं प्रयोग अनिवार्य रहेको ठहर गर्दै यस्तो निर्णय गरेको हो।

संक्रमणलाई नियन्त्रण गर्न स्वास्थ्य, सुरक्षा र यातायातसँग सम्बन्धित मापदण्ड सबैले पालना गर्नु पर्ने भएकाले कैद सजायको बाध्यकारी निर्णय गर्नु परेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

कोरोनाबाट बच्न सबै जनाले दुई मिटरको सामाजिक दूरी कायम गरी मास्क र सेनीटाइजरको अनिवार्य प्रयोग गर्नु पर्ने उनले बताए । यसलाई उल्लंघन गर्नेलाई संक्रामक रोग निवारण ऐन २०२० बमोजिम एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना गरिने निर्णय कोभिड-१९ उच्चस्तरीय समितिको बैठकबाट भएको उनको भनाइ छ । यस्ता कामलाई बाधा गर्नेलाई छ महिनासम्म कैद वा छ सय रुपैयाँसम्म जरिवाना गरिने जानकारी खड्काले दिए ।

 

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु