adv
Advertise Expired !

काकरभिट्टाका १२ जना शसस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि

मेचीनगर ,१६ साउन । पुर्वी नाका काकरभिट्टाका १२ जना शसस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

साउन ११ गते काकरभिट्टाको होल्डीङ सेन्टरमा ३२ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरिएकामा १२ जनामा संक्रमण देखिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाकी प्रमुख शशीकला राईले बताइन्।

त्यस्तै साउन ११ गते नै काकरभिट्टाको सामुदायिक भवनमा संकलन गरिएको ८५ वटा स्वाबमा सबैको नतिजा नेगेटिभ आएको छ । ८५ जना समुदायस्तरका मानिसमा गरिएको नमूना संकलनमा सबैको कोरोना परिक्षण नेगेटिभ आएको हो ।

व्यवसायी, होटलका कामदार, भन्सारका कर्मचारी, पत्रकारलगायतबाट स्वाब नमूना संकलन गरिएको थियो।

योसंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । यसअघि पनि २० जना शसस्त्रमा संक्रमण पुष्टि भएको थियो ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु