काठमाडौँ, १७ साउन । नेपालमा आज शनिबार थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका २, सुनसरीका १, इलामका २२, सिराहका ५, मोरङका २, उदयपुरका २, सप्तरीका ७, बाराका १, पर्साका ६६, रौतहटका १, बझाङका ६८, अछामका २८, कैलालीका ८९ र कञ्चनपुरका ९,काठमाडौँका ५, कास्कीका १, रुपन्देहीका २, सल्यानका १, रोछापका २ र भक्तपुरका १ जना रहेका छन् ।
यस्तै २४ घण्टामा थप ९३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ४९२ रहेको छ ।