adv
adv

इलाममा एकै दिन १७ जना सशस्त्र प्रहरीमा काेराेना पुुष्टि

इलाम : इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा धमाधम कोरोना संक्रमित बढिरहेका छन् । गणका थप १७ जनामा आज कोरोना पुष्टि भए सँगै इलाममा सुरक्षा निकाय बाटै समुदायमा पुग्ने सम्भावना देखिएको छ ।

विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब नमुना पठाइएकामा १७ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यलयले जनाएको छ । उनीहरुलाईहिजो मात्र १५ जनाको चेक गरेकोमा ५ जनाका पोजेटिभ देखिएको थियो त्यस अघि ५ जनामा देखिएको थियो ।

आजको १७ जना सँगै इलाममा शसस्त्र प्रहरीका २७ जनामा पोजेटिभ देखिएको छ भने बाँकी ४० जनाको श्वाव सँकलनको तयारी भईरहेको शसस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले बताए । उनले भने पोजेटिभ देखिएका सबैलाई थप उपचारको लागी मोरङ स्थीत गोठगाउँमा लाने तयारी भईरहेको बताए । योसँगै इलाममा कोरोना पुष्टि हुनेको संख्या ५७ जना पुगेको छ ।नयाबुलन्दबाट

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु