adv
adv

कोरोना संक्रमणबाट विदेशमा हालसम्म १८९ जना नेपालीको मृत्यु

काठमाडौं ,१८ साउन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा हालसम्म १८९ जना नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सातामात्रै विदेशी भूमिमा थप २८ जना नेपालीको ज्यान गएकोे छ । समितिका संयोजक डा संजीव सापकोटाका अनुसार नेपालीको जनघनत्व बढी भएका भारत तथा खाडी मुलुकका कोरोनो जोखिम बढ्दै गएको छ ।

अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ डिल्लीमा कार्यरत डा सागर पौडेलका अनुसार भारतमा मात्र यो साता २५ जनाको निधन भएको छ । भारतको महाराष्ट्रमा रहेका नेपाली कोरोनाबाट बढी प्रभावित छन् ।

यस साता दक्षिण अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । साउदी अरबमा २ जनाको संक्रमणकै कारण ज्यान गएको छ । योसँगै संक्रमणका कारण विदेशी भूमिमा निधन हुने नेपालीको संख्या एक सय ८९ जना पुगेको हो ।

संघका अनुसार कोरोना संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ । यूरोपेली मुलुक लग्जेम्वर्गमा ३५ नेपाली एकैपटक संक्रमित भएका छन् । समितिका अनुसार पारिवारिक जमघटमा ९ वैवाहिक वर्षगाँठमा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु