adv

कोरोना सङ्क्रमणका कारण भारत उत्तर प्रदेशकी शिक्षामन्त्रीको मृत्यु

काठमाण्डौ ,१८ साउन । कोरोना सङ्क्रमणका भारत उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको मृत्यु भएको छ ।

गएको ३ गते कोरोना पोजेटिभ देखिएपछि लखनउको एसजीपीजी अस्पतालमा भर्ना गरिएकी ६२ वर्षकी वरुणको आज बिहान ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा गएको २४ घण्टामा ५७ हजार १ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमण पुष्टि भएकाहरुको सङ्ख्या साढे १७ लाख नाघेको छ । त्यहाँ आज मात्रै २ हजारभन्दा धेरै काेराेना सङ्क्रमित थपिएका छन् ।

यस्तै ज्यान गुमाउनेको सङ्ख्या ३७ हजार नाघेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु