झापा ,१८ साउन। कोरोना भाइरस कोभिड–१९ को संक्रमण समुदाय स्तरमा फैलिदै गएसँगै झापाको बिर्तामोड नगरपालिका बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको छ ।
आज राती १२ बजेदेखि लागु हुने गरी लकडाउनको गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । बिर्तामोडमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन गर्ने निर्णय गरेको नगर प्रमुख ध्रुव कुमार शिवाकोटीले बताए ।
स्वास्थ्य क्षेत्र बाहेकका सबै उद्योग व्यवसायहरु पूर्ण बन्द गर्ने, लामोदुरीका सवारीलाई भने बिर्तामोडमा रोक्न नदिई सिधै गन्तव्य तर्फ जान दिने निर्णय भएको छ । त्यसैगरी अतिआवश्यक खाद्यलगायतका ढुवानी गर्ने साधनलाई चल्न दिईने भएको छ त्यसमा स्वास्थ्य सुरक्षालाई उच्चतम ध्यान दिनु पर्ने नगर प्रवक्ता अग्नीप्रसाद पाण्डेले बताए ।

आईतबार नगरपालिकामा भएको सर्वपक्षिय बैठकमा जनप्रतिनिधी, प्रदेश सभाका सांसद, नागरिक समाज, कार्यपालिका समिति, उद्योग बाणिज्य संघ, सुरक्षा निकाय, बैकर्स, रेडक्रस लगायतका संघ–संस्थाको उपस्तिथी रहेको थियो ।
बिर्तामोडमा संक्रमितसँगको ट्रेसिङ, टेस्टिङ गर्न अर्को सूूचना प्रकाशित नहुन्जेलका लागि लकडाउन हुने बताइएको छ । यस्तै नीजि तथा सार्वजानिक सवारी साधनलाई नगर क्षेत्रमा पूर्ण रुपमा निषेध गरिने बताइएको छ ।
यसैबीच बिहान ८ बजेदेखि ११ बजेसम्म भने खाद्यन्न, दुध, तरकारी लगायतका पसलहरु सञ्चालन गर्न दिइने जनाइएको छ । कसैले लकडाउनको उल्लघन गरेमा कानुन अनुसार कारबाही गरिने बताइएको छ ।

