झापा,१८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा काेराेना भाइरसको संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा काेराेना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेकाे छ।
मन्त्रालयका अनुसार संक्रमितहरु पर्सा ८१,काठमाडौं २२,सुनसरी १२,मोरङ १६,धनुषा ३५,चिवतन १,.महोत्तरी ५,सर्लाही २,बझाङ २,डोटी १२,कैलाली १०,ललितपुर ८,बर्दिया १,दार्चुला १,गोरखा १,रौतहट २,सिन्धुली १,भक्तपुर १,कास्की ५,बागलुङ १,लमजुङ ३,स्याङ्जा ८.तनहुँ २,बर्दिया ९,नवलपरासीपूर्व ३ र रुपन्देही १ जना रहेका छन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १ सय ११ डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६ सय ३ पुगेकाे छ।
आइतबार ८ हजार ८ सय ६१ जनाकाे पीसीआर परीक्षण गरिएकाे प्रवक्ता डा. गाैतमले बताए। हाल १० हजार ९ सय ३४ जना क्वारेन्टिनमा रहेका छन्।