एजेन्सी। कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ९२ हजार नाघेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ९२ हजार ८१९ जनाको मृत्यु भएको छ ।
कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा १ लाख ५८ हजार ३६५ जनाको मृत्यु भएको छ भने दोस्रोमा ब्राजिल छ जहाँ ९४ हजार १३० जनाको मृत्यु भएको छ ।
त्यस्तै विश्वमा कोराना संक्रमित हुनेको संख्या एक करोड ८२ लाख ३६ हजार ६२४ पुगेको छ भने कोरोनाबाट निको हुनेको संख्या जितेर एक करोड १४ लाख ४६ हजार भन्दा बढी छन् ।