झापा,१९ साउन । झापाको अर्जुनधारा नगरपालिकाका आज सोमबार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले दिएको जानकारी अनुसार पोजेटिभ आएका सबै पुरुष छन् । जसमा मलेसिया र कतारबाट एक-एक जना तथा दुई जना भारतबाट आएका हुन् ।
उनीहरु नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टिनमा रहेका थिए । उनीहरुलाई थप उपचारका लागि लैजाने तयारी भैरहेको छ ।
यसअघि क्वारेन्टिनमा रहेका चार महिलासहित १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनीहरु सबै उपचारपछि निको भइ घर फर्किसकेका छन् ।
अर्जुनधारामा कोरोना भाइरस संक्रमित फेला परिसकेकाले थप समुदायमास्तरमा फैलनसक्ने सम्भावना रहेको भन्दै साउन १८ गते बिहान ५ गतेदेखि २२ गतेसम्म लकडाउन गरिएको छ ।

