झापा,१९ साउन । नेपालमा सोमबार थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ७ सय ५० पुगेको छ।
मन्त्रालयका अनुसार संक्रमित हुनेहरु सुनसरीका ५, झापाका ५ , मोरङका ४६ , सिराहका ३, सप्तरीका ५१, महोत्तरीका ३१ , धनुषाका ३०, बाराका ३, पर्साका ७१, भक्तपुरका ५, काठमाडाैंका ४३, ललितपुरका ३, कैलालीका ६७ , कञ्चनपुरका १६, रसुवाका १, बाराका १, रौटहटका २, चितवनका १, गुल्मीका १, सर्लाहीका २, दोलखाका १, कास्कीका ८, स्यांङजाका १, रुपन्देहीका १, बाँकेका ८ ,बर्दियाका १, दाङका १,सुर्खेतका २, दैलेखका २, रुकुम पश्चिमका २ र अछामका ४ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १४ हजार ९ सय ६१ पुगेको बताए।
४ वटा जिल्लाहरु भोजपुर,संखुवासभा ,मनांग र मुस्तांग कोरोना संक्रमणमुक भएका छन् । कोरोनाबाट नेपालमा ५७ जनाको मृत्यु भएको छ ।

