adv
adv

झापामा थप ५ जनामा कोरोना संक्रमण

झापा,१९ साउन । झापामा आज सोमबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु  झापाको विर्तामोड र अर्जुनधारा नगरपालिकाका पाँच जना रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिए ।

कोशी अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको आरटि पिसिआर परीक्षणमा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो।

अर्जुनधारा नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा रहेका ३० जना र कन्ट्याक ट्रेसिङका ११ जनाको पाँच दिनअघि स्वाब संकलन गरिएको थियो । उनीहरुमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

उनीहरु सबै पुरुष छन्। जसमा मलेसिया र कतारबाट एक-एक जना तथा दुई जना भारतबाट आएका हुन्।

त्यस्तै विर्तामोड नगरपालिकाको क्वारेन्टिनमा रहेकी एक जना महिलामा पनि सङ्क्रमण पुष्टि भएको चौंलागाईंले बताए ।

उनी भारतबाट आएकी हुन् ।

अर्जुनधारामा  कोरोना भाइरस संक्रमित फेला परिसकेकाले थप समुदायमास्तरमा फैलनसक्ने सम्भावना रहेको भन्दै साउन १८ गते बिहान ५ गतेदेखि २२ गतेसम्म लकडाउन गरिएको छ । भने बिर्तामोडमा हिजो मध्यराति देखि अनिश्चितकालिन लकडाउन गरिएको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु