
काठमाडाै । अाज बसेकाे मन्त्रीपरिषद्काे बैठकले वरिष्ठ सहसचिव वीरबहादुर राईलाई सचिव (विशिष्ट श्रेणी)मा बढुवा गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले राईलाई सचिवमा बढुवा गरेको हाे । राई राष्ट्रिय योजना आयोगमा कार्यरत छन् ।
लोक सेवाआयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले केही दिनअघि वरिष्ठ सहसचिवहरू चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र राईको नाम सचिवका लागि सिफारिस गरेको थियो ।
श्रेष्ठले केही दिनअघि भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि दोस्रोपटक सचिवका लागि उनको नाम सिफारिस भएको हो । सञ्चार मन्त्रालयमा कार्यरत सहसचिव दुवाडीको नाम भने समितिले पाँचौ पटक सिफारिस गरेको हो ।


स्वाच्छछबीका जोकोही कर्मचारीहरूलाई सरकारले बिना पूर्बागर्ह बढूवा गर्नू गराउनू पर्दछ।